सुवास नेम्वाङको आक्रोस निजामती विधेयक फिर्ता लिएर गल्ती गर्यो
२२ आश्विन २०७८, शुक्रबार १७:०५
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय समितिमा समेत छलफल गरेर आएको विधेयक संसदबाट फिर्ता गरेर सरकारले उल्टो काम गरेको प्रतिक्रिया दिए ।
शुक्रबार संसद बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै विधेयकहरुलाई फिर्ता लैजाने र अध्यादेशमार्फत विधेयक ल्याउने काम गरे आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी समेत दिए ।
‘लामो समय समितिमा छलफल गरेर यहाँहरुले देखिराख्नु भएको छ । निजामती विधेयक कति समय समितिमा छलफल भयो ।
त्यत्रो समय लिएर बल्लबल्ल तपाईं हामी सबैको दबाब चाँडो ल्याऊ, चाँडो पास गर भनिराखेको यो विधेयक हो । बल्लबल्ल संसदमा प्रवेश गर्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया