कोरोना अपडेटः देशमा आज १८६ जना कोरोना संक्रमित थपिए
५ श्रावण २०७७, सोमबार १९:३६
काठमाडौं । देशमा आज १८६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
यो सँगै कुल संक्रमितको सख्या १७ हजार ८ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
हालसम्म ११ हजार ८ सय ६८ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् । देशमा ५ हजार ९ सय ३६ जना उपचाररत छन् । हालसम्म देशमा संक्रमणबाट ४० जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया