जसपाबाट को–को बन्दै छन् मन्त्री ?
२२ आश्विन २०७८, शुक्रबार १२:४७
काठमाडौँ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीका तर्फबाट मन्त्री हुनेहरुको नाम टुंग्याएको छ । जसपाबाट राजेन्द्र श्रेष्ठ, राम शहाय यादव, रेणु यादव र प्रमोद साह मन्त्री बन्ने लगभग पक्का भएको एक नेताले जानकारी दिए ।
यद्यपि कुन मन्त्रालयको जिम्मेवारी कसलाई भन्नेबारे भने यकिन भइनसकेको ती नेताले बताए । महन्थ ठाकुरको साथ छोडेर उपेन्द्र पक्षमा खुलेपछि प्रमोद साह मन्त्री बनेका हुन् । भौतिक पूर्वाधार मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कृषि मन्त्रालय र वन मन्त्रालयसहित एक राज्यमन्त्री पाउने सत्ता गठबन्धनबीच सहमति भएको छ ।
नयाँ सरकार बनेको तीन महिना पुग्न लाग्दासमेत मन्त्रीपरिषदले पूर्णता पाउन सकेको छैन । लामो रस्साकस्सीपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । लामो समय सरकार विस्ता नहुँदा गठनबन्धन सरकारको आलोचना हुँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया