नेपाल कोरोना अपडेटः १५६ जना संक्रमित थपिए, कुल संक्रमित संख्या १७,६५८ पुग्यो – Nagarikabhiyan : National News

नेपाल कोरोना अपडेटः १५६ जना संक्रमित थपिए, कुल संक्रमित संख्या १७,६५८ पुग्यो

काठमाडौं । देशमा १५६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमित संख्या १७ हजार ६ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म ११ हजार ६ सय ९५ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् । देशमा ५ हजार ९ सय २३ जना उपचाररत छन् । हालसम्म कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ ।