इएलपी कार्यक्रमको प्रभावबारे अनुगमन – Nagarikabhiyan : National News

इएलपी कार्यक्रमको प्रभावबारे अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा सुनसरीको भोक्राहा नरसिंह र कोशी गाउँपालिकामा गठन भएको मानव अधिकार समूह र बाल अधिकार समूहको अनुगमन गरेको छ । इन्सेकको अनुगमन तथा मूल्याकन टोलीले कोशी गाउँपालिकामा मानव अधिकार समूहका पदाधिकारीहरु, गाउँपालिकाका उपाध्यक्ष अनिता यादव र भोक्राहा नरसिंहको जनता मावि बाल अधिकार चेतना समूह शिवगञ्जका सदस्यहरुसंग छलफल सहित क्रियाप्रतिकृया सहित अनुगमन गरेको छ । दुवै स्थानामा नागरिकको मौलिक हक अन्तर्गतको विषय शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा भएको कार्यक्रमको प्रभाव र त्यसबाट परेको असरको बारेमा सरोकारबालाहरुसंग छलफल गरेको छ ।
अनुगमन टोलीलाई मानव अधिकार समूहका अध्यक्ष अनिया कुमारी उराँवले कार्यक्रममा मानव अधिकार प्रवर्धन र संरक्षणका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिका भित्र देखिएका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा सुरुमा समस्या पहिचान गरि थालेको कार्यक्रमले निकै प्रभाव परेको र सफलता पनि मिलेको जानकारी गराउनुभयो ।
अध्यक्ष उराँवले पालिकामा समूहको कार्यक्रमबाट स्वास्थ्य चौकीको सागुरो ठाउँको सेवा नयाँ कार्यालय भवनमा सुचारु भएको, खानेपानी आयोजना निर्माण सम्पन्न भएर प्रयोग विहिन बनेकोमा कार्यक्रममा उठेका सवाललाई ज्ञापन पत्रमार्फत जानकारी गराएपछि गाउँपािलकाले सम्बोधन गरेको सफलताको कथा सुनाउनुभयो ।
समूहका सचिव विष्णुकुमार यादवले सबै विद्यालयको अनुगमन गरी देखिएको समस्या सुधार गर्न आग्रह गरेकोमा केही सुधार भएको टोली समक्ष जानकारी गराउनुभयो । सदस्य चन्द्रकला नेपालले जनताको आधारभूत अधिकार प्राप्तिको लागि इन्सेकले अभियान सञ्चालन गरेकोमा यसको ठूलो छाप परेको बताउनुभयो । कोशीभरी नै मानव अधिकार समूहलाई पहिचान गरिएका समस्याहरू समाधानका लागि कार्ययोजना बनाएर अघि बढेकाले केही सकारात्मक प्रभाव पार्न सहयोग पु¥याएको बताउनुभयो ।
टोलीसंग सदस्य गीता पौडेलले कोशी गाउँपालिका वडा नम्बर ८ का जनप्रतिनिधिहरुलाई समेत पाठ भएको र खानेपानीमा सार्थक प्रभावका साथै शिक्षामा अनुगमन सुरु भएको बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष अनिता यादवले मानव अधिकार समूहले उजागर गरेका समस्याहरू समाधानका लागि स्थानीय सरकारसँधै तयार रहेको र मानिसको सबैखाले अधिकारलाई सुनिश्चित गर्न इन्सेकसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । यादवले धेरै काममा मानव अधिकार समूह र इन्सेकका सहजकर्तासंग समन्वय गरेर नै गरेको समेत टोलीलाई जानकारी गराउनुभयो । कार्यक्रममा मानव अधिकार समूहका उपाध्यक्ष श्याम कुमार खंगले चाडपर्व नजिकिएसँगै बजारमा दैनिक उपभोग्य वस्तुहरूको मुल्य मनलाग्दी बढाएको, मुल्यवृद्धिको विषयमा स्थानीय प्रशासनले नियमित अनुगमन नगरेको, स्वास्थ्य चौकीमा औषधीको अभाव, किसानले रसायनिक मल नपाएका, औषधीको जस्ता समस्याहरू पहिचान गरिएको बताउनु भयो ।
साथै चौकीको सेवा सहजको लागि र चौकीमा सेवा बढाउन तथा खानेपानीको संचालन र बजार अनुगमन गर्न समूहले ज्ञापनपत्र बुझाए पछि त्यसको कार्यान्वयन भएको भन्दै स्थानीय सरकारले आधारभूत अधिकारको विषयमा विशेष चासो देखाएको बताउनुभयो ।
समूहका रिना मण्डल, आरती सदा, गुलाबी मुखिया, सिकेन्द्र मरिक यादव, ब्रजेश यादव, पप्पु यादव, कैहकसा अन्जुम, राजकुमार शर्मा, सहितको उपस्थिती रहेको थियो । इन्सेकका प्रदेश प्रमुख सोमराज थापा , अनुगनम तथा मूल्यांकन टिमका नविन सुवेदी र सृजना तिमिल्सना तथा जिल्ला प्रतिनिधि सहितको उपस्थिती रहेको थियो ।
टोलीसंग समूहका सदस्य राजकुमार शर्माले निशुल्क समाजसेवाको माध्यम भएको र केही सिक्न र केही सिकाउन पनि पाएको बताउनुभयो । शर्माले मानव अधिकारको अभियानमा लाग्न प्रेरणा मिलेको र इन्सेकले मानव अधिकार तालिम दिएर पनि गुण लगाएको बताउनुभयो ।
सदस्य रिना मण्डलले समूहको आफ्नै विषेशता रहेको र अरुको जस्तो भत्ता र खाना नपाएपनि बौद्धिक ज्ञान, शिपमा भने विकास गर्ने अवसर पाएको बताउनुभयो ।