सत्ताधारी छोटे राजाहरूले भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने आन्दोलन औचित्यहीनः डा. सिके राउत
१६ आश्विन २०७८, शनिबार १२:०३
सप्तरी । जनमत पार्टीले सत्ताधारी छोटे राजाहरूले भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने आन्दोलन औचित्यहीन भएको जनाइएको छ ।
भ्रष्टाचार नियन्त्रणमा कुनै छूट हुनुहुँदैन चाहे सिंहदरबारको होस् कि प्रदेश सरकारको। जनताले संघीयता यी भ्रष्टचारी र बलात्कारीहरूलाई खुलेआम छूट दिन तथा जंगलराज/गुण्डाराज लाद्न ल्याएका थिएनन्। यी सत्ताधारी छोटेराजाहरूले भ्रष्टाचार गर्न पाउनुपर्छ, बलात्कार गर्न पाउनुपर्छ, हत्या गर्न पाउनुपर्छ, गरीबको घर भत्काउन पाउनुपर्छ, दलितलाई कुट्न पाउनुपर्छ, छोरीचेलीलाई आगोमा झोस्न पाउनुपर्छ, जंगलराज र गुण्डाराज कायम गर्न पाउनु पर्छ भन्ने आन्दोलन औचित्यहीन छ।
प्रदेश सरकारको भ्रष्टाचारको पैसा प्रत्यक्ष अप्रत्यक्ष रूपमा कुनै न कुनै तरीकाले खाएकाहरूले नै भ्रष्टाचार नियन्त्रणको कदमको विरोध गरिरहेका छन्। जनता सदैव भ्रष्टाचारमुक्त समाज निर्माण गर्न उत्साहित छन्। हाम्रो घरको फोहोरमैला कोही सफा गर्न त आयो भनेर जनताले धन्यवाद दिइराखेका छन्। बरू अख्तियारले नयाँ पत्रिकाको मुखपृष्ठ पढेर मात्रै काम गर्ने हैन कि लेखा परीक्षणको प्रतिवेदनका साथै आफैंले अनुसन्धान गरेर भ्रष्टाचारीहरूविरूद्ध कारबाही अगाडि बढाउनु पर्दछ।
प्रदेश सरकारद्वारा आर्थिक वर्ष ०७७/०७८ मा भएको रू १ अर्ब ७२ करोड बेरुजु ररू। ४८ करोड़ अनियमिततामा को-को संलग्न छन्, पैसा कहाँ-कहाँ पुग्यो, दिने मात्रै हैन पैसा थाप्नेहरू को-को हुन् समेत अनुसन्धान हुनु पर्यो। प्रदेश नं. २ का भ्रष्टाचारी मण्डली र त्यसबाट दक्षिणा पाएकाहरूले पहिला आफ्नो खल्ती छामी त्यहाँ भएको भ्रष्टाचारको पैसा खर्च गरेर नै कमेन्ट गर्न हुन अनुरोध छ।’ भनिएको छ ।










फेसबुकबाट तपाईको प्रतिक्रिया