किसान र उपभोक्ता दुवै मारमा, विचौलिया मालामाल
३ बैशाख २०७७, बुधबार ११:११
इनरुवा । लकडाउनको कारणले सुनसरीका तरकारी किसान र उपभोक्ता दुवै मारमा परेका छन् । बन्दाबन्दीले तरकारी बजार, साप्ताहिक हाट र गुद्री बजार समेत तीनसतादेखी बन्द भएकाले उत्पादन गरेको तरकारी बजार लान नपाएर किसान मारमा छन् भने उपभोक्ताले खोजेको रोजेको तरकारी किन्न पाएका छैन् । किसानले बजार बन्दका कारणले केही हरियो साग तरकारी खेतमै सडेर नष्ट भएको र केहीले सस्तोमा विक्रि गर्न बाध्य भएका छन् । विगतमाम जस्तै अलिहे बन्दाबन्दीमा समेत विचौलिया हावी भएका छन् ।
किसान र उपभोक्ता मारमा परेको बेला विचौलिया भने मालामाल भएको स्थानीयहरुले बताएका छन् । किसानको करेसाबारीबाट साग प्रति केजि ५ रुपियाँमा किन्ने व्यवारीले उपभोक्तालाई ५० देखी ६० रुपियाँसम्म विक्रि गरेका छन् । त्यसैगरी काउली ३ देखी ७ रुपियाँ केजीमा किनेर ३० देखी ६० रुपियाँसम्ममा, बन्दा २ देखी ५ रुपियाँमा किनेर १५ देखी ३० रुपियाँसम्ममा, गोलभेडा ६ देखी ८ रुपियाँमा किनेर ३० देखी ६० रुपियाँसम्ममा, भिण्डी ५० रुपियाँ केजी किनेर १८० देखी २२० रुपियाँसम्ममा, भिण्डी ४० रुपियाँ केजी किनेर १५० देखी २०० रुपियाँसम्ममा, काक्रा ३ रुपियाँ केजी किनेर ३० देखी ६० रुपियाँसम्ममा विक्रि गरेका छन् । उपभोक्ताहरुले महगोंमा तरकारी किन्न बाध्य छन भने किसानले कौडीको भाउमा तरकारी बेच्न बाध्य छन् ।
हाटबजार बन्द हुदाँ किसान र उपभोक्ता मारमा छन् भने किचौलीयाहरु मालामाल भएको इनरुवा ८ डुम्राहाका किसान दिनेश मेहताले गुनासो गर्नुभयो । किसानलाई बजारसम्म तरकारी लान नदिएको र उपभोक्तालाई किन्न घर बाहिर जान नदिएकाले व्यापारी तथा विचौलीयाहरु किसान खेतबारीबाट किन्ने र उपभोक्ताको घरदैलौमा नै विक्रि गर्न जाने भएकाले १० गुणा बढी मूल्य लिएर बेच्ने गरेको इनरुवा ९ बबियाका उपभोक्ता दशरथ साहले बताउनुभयो ।
इनरुवा नगरपालिका उपप्रमुख तथा अनुगमन संयोजक जमुना गौतमले बजार बन्द भएकाले अनुगन नभएको बताउनुभयो । पोखरेलले यस विषयमा आफू कहाँ गुनासो समेत नआएको प्रतिकृया दिनुभयो ।
यता उपभोक्ताहरुले भने विरोध गरे तरकारीबाट बन्चित हुने र समस्या हुने त्रासका कारणले कहिकतै गुनासो गर्न नपाएको बताएका छन् । किसानले पनि खेतबाटै लाने भएकाले सड्ने र कुहिने भन्दा सस्तोमा नै विक्री गरेको बताएका छन् । व्यपारीहरुले खेतबाट उठाउने र उपभोक्ताको घरदैलौमा पठाउने तथा प्रहरीबाबट जोगिनुपर्ने सहितको जोखिम मोलेकाले महंगो बेचेको प्रतिकृया दिएका छन् ।
व्यपारी कालीचरण मेहताले हाटबजार बन्द भएकाले किसानको तरकारी नष्ट हुनबाट बचाईदिएउको र उपभोक्ताको घरमा नै पठाएर सेवा गरेकाले महगों भन्दा तरकारी पाएकोमा किसान र उपभोक्ता खुसी हुनुपर्ने तर्क गर्नुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया