प्रचण्ड र नेपालबीच भेटवार्ता, दलसम्बन्धी अध्यादेशबारे छलफल – Nagarikabhiyan : National News

प्रचण्ड र नेपालबीच भेटवार्ता, दलसम्बन्धी अध्यादेशबारे छलफल

काठमाडौँ । सत्तारुढ साझेदार दलका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेपालको निवास कोटेश्वरमा दुई नेताबीच सोमबार भेटवार्ता भएको हो । नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका थिए ।

करिब १ घण्टासम्म चलेको भेटवार्तामा दुई नेताबीच मन्त्रिपरिषद् विस्तार तथा राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका विषयमा छलफल भएको जनाइएको छ ।