काठमाडाैंमा वडा कार्यालयको शौचालयमा भेटियो शव – Nagarikabhiyan : National News

काठमाडाैंमा वडा कार्यालयको शौचालयमा भेटियो शव

काठमाडौँ ।  बूढानीलकण्ठ नगरपालिका– ८स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ। निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए।

उनका अनुसार–‘शवको पहिचान हुन सकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् ।