बिषालु सर्पदंशबाट दिदीभाईको मृत्यु
६ आश्विन २०७८, बुधबार २०:१५
राजविराज । बिषालु सर्पदंशबाट सप्तरीको खडक नगरपालिका २ बेल्हीमा एकै परिवारका दिदीभाईको आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय राजेश मण्डलको १४ बर्षीया छोरी सुनिता र ९ बर्षीय छोरा कृष्ण रहेको प्रहरीले जनाएको छ ।
घरमा सुतेकै अवस्थामा दिदीभाईलाई सर्पले टोकेको स्थानियबासीले जनाएको छ ।
सर्पले टोकेपछि दुबैको मुखबाट फिज आएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिदै गर्दा एक जनाको मृत्यु भएको छ भने अर्काेलाई सिरहाको लहान अस्पतालमा लगिने क्रममा ज्यान गएको वडाअध्यक्ष रामअवतार साहले बताए ।
यसैबिच घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया