चीनसँग सीमा बिबादका बीच भारतीय प्रधानमन्त्री मोदी पुगे लद्दाख, सेनाको मनोबल उच्च !
१९ असार २०७७, शुक्रबार १७:४६
काठमाडौं । चीनसँग सीमा बिबादका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाख पुगेका छन्।
मोदीसहित भारतीय स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरभाने र चीफ अफ डिफेन्स स्टाफ विपिन रावत शुक्रवार बिहान भारत–चीनबीचको विवादित सीमा क्षेत्र लद्दाखको राजधानी लेह पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

लेह पुगेर मोदीले त्यहाँका सैनिकसँग पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्। मोदी सैनिकको हौसला बढाउन र चीनलाई आफू सेनाको साथमा रहेको सन्देश दिन लद्दाख पुगेको बताइएको छ। मोदीले झडपमा घाइते भएका सैनिकलाई पनि भेट्ने कार्यक्रम रहेको छ।

यसअघि रक्षामन्त्री राजनाथ सिंह लद्दाख जाने तय भए पनि अन्तिम समयमा प्रधानमन्त्री मोदीले सरप्राइज भ्रमण गरेका छन्। भारत चीनको सीमा क्षेत्र लद्दाखको गलवान घाटीमा दुई देशका सेनाबीच भएको ह्रिंस्रक झडपमा भारतीय कर्णेलसहित २० जना सेनाको मृत्यु भएको थियो।


फेसबुकबाट तपाईको प्रतिक्रिया