माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक – Nagarikabhiyan : National News

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको बताइएको छ ।

मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेकाले मन्त्री छनोट गर्न बैठक बोलाइएको बताइएकाे छ । असार २९ गते सरकारका नेतृत्व सम्हालेका काँग्रेस सभापति देउवाले ७० दिनसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

देउवाले परराष्ट्रमन्त्रीमा भने नारायण खड्कालाई नियुक्त गर्ने तयारी छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा आ–आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको थियो ।