क्यानडामा आम चुनाव सम्पन्न, प्रधानमन्त्री ट्रुडोको पार्टीले पाउला त बहुमत ? – Nagarikabhiyan : National News

क्यानडामा आम चुनाव सम्पन्न, प्रधानमन्त्री ट्रुडोको पार्टीले पाउला त बहुमत ?

एजेन्सी । क्यानडामा आम चुनाव सम्पन्न भएको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले दुई वर्ष पहिला घोषणा गरेको आम चुनावमा मतदान सकिएको हो । ब्रिटिश कोलम्बियामा मतदान सकिएसँगै क्यानाडामा व्यक्तिगत रूपमा गरिने मतदानको प्रकृया पूरा भएको बीबीसीले जनाएको छ ।

परिणाम आउन केही घन्टाको समय लाग्ने जनाइएको छ । तर विश्लेषकहरुले भने लामो समय नलाग्ने बताएका छन् । प्रधानमन्त्री ट्रुडोले मध्यावधी चुनावको घोषणा गरेका थिए किनकी गत चुनावमा उनको लिबरल पार्टी संसदमा पराजित भएको थियो ।

कन्जरवेटिव पार्टीका नेता एरिन ओ टुल उनका सबैभन्दा ठूला प्रतिद्वन्द्वी हुन् र उनको पार्टीले ट्रुडोलाई टक्कर दिन सक्ने जनाइएको छ । चुनावमा कुल ६ पार्टी मैदानमा उत्रिएका छन् ।