‘अपवित्र’ गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई वैधानिकता दियो: कमल थापा – Nagarikabhiyan : National News

‘अपवित्र’ गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई वैधानिकता दियो: कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई वैधानिकता प्रदान गरेको आरोप लगाएका छन् । मंगलबार बिहान ट्विट गर्दै उनले वर्तमान ‘अपवित्र’ गठबन्धन सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाएका हुन्। पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर सरकार भ्रष्टाचार उन्मुख बनेको उनको भनाइ छ ।

भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने निर्णय गरिएको भन्दै उनले भर्त्सना गरेका छन् । उक्त निर्णय तत्काल फिर्ता लिन माग पनि गरेका छन् ।“वर्तमान ‘अपवित्र’ गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको छ ।

भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने सरकारको यस निर्णयको विरोध र भर्त्सना गर्दछु । यो निर्णय तत्काल फिर्ता गरियोस्,” उनले लेखेका छन् ।