भरुवा बन्दुक सहित मिक्लाजुङबाट एक जना पक्राउ
१ आश्विन २०७८, शुक्रबार १८:१५
विराटनगर । मोरङको मिक्लाजुङबाट भरुवा वन्दुक सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिक्लाजुङ गाउपालिका – ५ का ४३ बर्षीय जगत बहादुर लिम्बु रहेका छन् ।
उनलाई भरुवा बन्दुक सहित बिहिबार अपरान्ह ४ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।घरमा लुकाई छिपाई राखेको २ नाल भरुवा बन्दुक सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका लिम्बुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया