प्रचण्डले भने, ‘ओलीसँग एकता गरेर ज्ञान प्राप्त भयो’ – Nagarikabhiyan : National News

प्रचण्डले भने, ‘ओलीसँग एकता गरेर ज्ञान प्राप्त भयो’

काठमाडौँ । नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफूले ओलीसँग पार्टी एकता गरेर ज्ञान प्राप्त गरेको बताएका छन् । उनले आज राजधानीमा माओवादी केन्द्रको नेता परशुराम तामाङले लेखेको पुस्तक विमोचन गर्दै यस्तो बताएका हुन् ।

उनले अहिले सबैले आफूलाई ओलीसँग एकता गरेर एकता गरेर के पाइस् भनेर प्रश्न गरेको भन्दै आफूले अहिलेसम्म ओलीसँग एकता गरेर ज्ञान प्राप्त गरेको बताए । प्रचण्डले भने, ‘अहिले सबै साथिहरुले ओलीसँग एकता गरेर नराम्रो भयो भन्छन् । तर, ओलीसँग एकता गरेर नराम्रो मात्र भएको छैन, राम्रो पनि भएको छ ।’

उनले समाजको विकास क्रमसँग जानको लागि ओलीसँगको एकता आवइक भएको बताए । तर, आफूहरुले सोचेको जस्तो परिणम नभएको उनले बताए ।