संसदमा ‘मुर्दावाद’ भन्दै एमाले सांसदहरुले नाराबाजी झन् चर्काए – Nagarikabhiyan : National News

संसदमा ‘मुर्दावाद’ भन्दै एमाले सांसदहरुले नाराबाजी झन् चर्काए

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राखेको छ । आइतबार बैठक प्रारम्भ नहुँदै एमाले सांसदहरु नाराबाजीमा उत्रिएपछि सभामुख अग्नि सापकोटाले संवादका लागि भनेर १५ मिनेट बैठक स्थगन गर्ने जानकारी दिएका थिए । १५ मिनेट बैठक स्थगित भएपछि सुचारु भएको बैठक एमाले सांसदहरुले पुनः अवरोध गरेका छन् । ‘पक्षपातपूर्ण व्यवहार मुर्दावाद, संसदीय मर्यादा कायम गर’ लगायत नाराहरु लगाउँदै सांसदहरुद्वारा संसद अवरोध भइरहेको छ ।