विकासका लागि ध्यानदिन बर्जुकाे स्थानीयहरूकाे माग
२६ भाद्र २०७८, शनिबार १८:३७
इनरुवा । सुनसरीको बर्जुुगाउँपालिका वडा नम्बर २ का स्थानीयहरुले गाउँको बाटो र चौतारा विकासकालागिमाग गरेका छन् । सनिबार युवाहरुको सामूहिक भेलाले वडाको विभिन्न गाउँटोलको बाटो र यात्रुुलाई गर्मीयाम बस्नका लागिचौतारा निर्माणका लागिवडा र पालिकासंग मागगरेका छन् । रामगञ्ज बेलगछिया, भिमपुुर सहित वडा नम्बर ३ जोडने बाटो निर्माण गर्नुुपर्ने माग स्थानीयविक्रम रायले गर्नुभयो । गाउँको भएका सडक बाटो मर्मत नहुदाँ स्थानियहरुलाई आवतजावत गर्न समस्याभएकाले बाटो निर्माणमा ध्यानदिनु पर्ने र यात्रुु सहित गाउलेलाई साझ विहान बस्न तथागर्मी याममा बस्नका लागि चौताराको निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।स्थानीयको माग सम्बोधनहुदै आएको र बर्जुु गाउँपालिका वडा नम्बर २ को सितागञ्ज स्वास्थ्य चौकी दक्षिणको बाटो वडा नम्बर ३ हुुदै बोडर सम्मको कालोपत्रे गर्ने गरी टेण्डर प्रकृयामालागेको बर्जुुगाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष आनन्दयादवले जानकारी दिनुुभयो । यादवले स्थानीयहरुले गाउँको बाटो र चौतारा विकासकालागिआएको मागमाविगतमा केहीकामभएको र बाकी रहेको काम केहीमहिनामा सम्पन्न गर्ने बताउनुुभयो ।यता बर्जुुगाउँपालिकाका अध्यक्ष रघुुनन्दन चौधरीले पालिकाको ६ वटै वडाका विभिन्न स्थानमास्थानीयहरुले गाउँमा चौतारा निर्माणका लागिमाग गरेको सबै वडामा आवश्यकतामा आधार चौतारा निर्माण गर्ने गरी बजेट विनियोजन भएको जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया