विमानस्थलबाट एमसीसी टाेली बाहिरिँदै गर्दा ‘नाे एमसीसी’ भन्दै प्रदर्शन
२४ भाद्र २०७८, बिहीबार १३:०६
काठमाडौं । एमसीसी परियोजनाको विरोधमा युवाहरूले त्रिभुवन विमानस्थलबाहिर प्रदर्शन गरेका छन् ।
एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स विमानस्थलबाट बाहिरिने क्रममा युवाहरूले प्रदर्शन गरेका हुन् ।
एमसीसी टाेलीको आगमनलाई लिएर सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको भए पनि युवाहरूले प्रदर्शन गरेका हुन् ।
एमसीसी टोली विमानस्थलबाट बाहिरिने क्रममा युवाहरूले ‘नो एमसीसी’ टिसर्ट लगाएर प्रदर्शन गरेका हुन् ।
एमसीसी उपाध्यक्ष सुमारसहितको टोली बिहान ९ बजेर २७ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।
उनीहरू पत्रकारहरूसँग तर्किँदै सिधै मेरिट होटल गएर बसेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया