अनेरास्वीयुको इनरुवामा वृक्षारोपण – Nagarikabhiyan : National News

अनेरास्वीयुको इनरुवामा वृक्षारोपण

सुनसरी सदरमुकाम इनरुवामा अनेरास्वीयु इनरुवा नगर कमिटीले बुधबार वृक्षारोपण गरेको छ । इनरुवा ३ महेन्द्रचौक स्थित राधाकृष्ण मन्दिर आसपासमा वृक्षारोपण गरेको हो ।

 

अनेरास्वीयुले मन्दिर आसपास र परिसरमा तित्रि, निम, बेल, चाप, र तेजपत्ताका करिब सय बिरुवा वृक्षारोपण गरिएको नेता हरि निरौलाले जानकारी दिए । वृक्षारोपण कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य खेमराज पोखेरल, सरोज पोखरेल, जिल्ला सचिव पर्शुराम यादव, नगर सचिव मेघराज न्यौपाने, युवा संघका पुकार पोखरेल, धिरज वर्मा सहितको उपस्थिती रहेको थियो । कार्यक्रममा कोभिड विरुद्धको अभियानमा लागेका युवा विधार्थीले हरियाली बढाउनका लागि र लोपोन्मुख अवस्थामा पुगेको तर मानव स्वास्थ्यका लागि आवश्यक रहेको नीमको विरुवा समेत रोपेको बताएका थिए ।   राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वीयुले जिल्लाव्यापीरुपमा वृक्षारोपण कार्यक्रम तय गरेकोमा ठाउँठाउँमा विरुवा रोपेको जनाएको छ । युवासंघ हरि निरौला,प्रतीक पौडेल,अनेरास्ववियुका आदर्श पोखरेल, अशिम आचार्य तथा अन्य विधार्थी युवा र किरण निरौला लगायतको पनि उपस्थिती थियो ।