जनप्रतिनिधिलाई विभाजित दुई दल रोज्न निर्वाचन आयोगले दिएको समय आज सकिँदै – Nagarikabhiyan : National News

जनप्रतिनिधिलाई विभाजित दुई दल रोज्न निर्वाचन आयोगले दिएको समय आज सकिँदै

काठमाडौं । निर्वाचन आयोगले जनप्रतिनिधिहरूलाई विभाजित दुई दल रोज्न दिएको समय आज सकिँदै छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भइसकेपछि आयोगले प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई यी दुई दल रोज्न आजसम्मको समय तोकेको थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी खुकुलो अध्यादेश ल्याएपछि त्यसैमा टेकेर माधव नेपालले नेकपा (एमाले) फुटाएर नेकपा एस बनाएका थिए ।

त्यस्तै, दलविहीन बनेका महन्थ ठाकुरले पनि लोसपा दर्ता गरेका थिए । आयोगले भदौ ९ मा यी नवगठित यी दुई पार्टी दर्ताको प्रमाणपत्र दिएको थियो ।

यसैबीच, एमाले तथा जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित देशभरका जनप्रतिनिधि र सासंदहरूले आजसम्ममा नवगठित यी दुई दलमा सनाखत गरिसकेका छन् ।

यद्यपि, देशभरबाट संघीय सांकसद, प्रदेश र स्थानीय तहका कति जनप्रतिनिधिले एमाले र जसपा छाडे भन्ने निश्चित तथ्यांक भने आइसकेको छैन ।