संसद बैठक आह्वान भएपछि सभामुख सापकोटाको भियना जाने कार्यक्रम स्थगित – Nagarikabhiyan : National News

संसद बैठक आह्वान भएपछि सभामुख सापकोटाको भियना जाने कार्यक्रम स्थगित

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाको अष्ट्रियाको भियना भ्रमण स्थगित भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आउने बुधबार ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक आह्वान गर्नुभएपछि सभामुखको अष्ट्रिया भ्रमण स्थगित भएको उहाँको सचिवालयले जनाएको छ ।

विश्वभरका सभामुखको भेला अष्ट्रियाको भियनामा सोमबारदेखि बुधबारसम्म हुँदैछ । त्यस कार्यक्रममा भाग लिन आज सभामुख सापकोटासहित नेपालको टोली त्यसकालागि प्रस्थान गर्ने तयारी थियो ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेकाअनुसार कार्यक्रममा जाने औपचारिक निमन्त्रणा आएपछि सभामुख आज कार्यक्रमका लागि त्यता प्रस्थान गर्ने तयारी थियो । तर संसद बैठक आह्वान भएपछि कार्यक्रम स्थगित भएको प्रवक्ता पाण्डेले बताउनुभयो । नेपालबाट सो कार्यक्रममा सहभागीता नहरने उहाँले बताउनुभयो ।