प्रधानमन्त्री देउवाले तान्त्रिकलाई दिए पशुपतिको चाबी
१८ भाद्र २०७८, शुक्रबार १६:२०
काठमाडौं । सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलन कुमार थापालाई नियुक्त गरेको छ । भदौ १८ को निर्णयअनुसार उनलाई सदस्य सचिव पदमा नियुक्त गरिएको हो । उनलाई प्रधानमन्त्रीस्तरीय बैठकले चार वर्षका लागि नियुक्त गरेको हो । डा. थापाले तान्त्रिक विद्यामा पीएचडी गरेका हुन् । उनले आजै पदबहाली गर्ने तयारी गरिएको छ ।
“केही गर्छु भन्ने भावनाका हुन् थापा,” मन्त्रालय निकट स्रोतले भन्यो, “आजै पदबहालीको तयारी छ ।”
थापा यसअघि विकास कोषको कोषाध्यक्षका रुपमा कार्यरत थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया