सीमावर्ती क्षेत्रमा इनिस्पेक्टर
१६ भाद्र २०७८, बुधबार १८:३२
देवानगंज । सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका २ स्थित इलाका प्रहरी कार्यालय देवानगञ्जमा प्रहरी
निरीक्षक(इनिस्पेक्टर) पठाएको छ । सीमावर्ती क्षेत्रबाट बढी मात्रामा उजुरी र विवादका घटना आउने भएकाले त्यसलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय सुनसरीले इलाका प्रहरी कार्यालय देवानगञ्जमा प्रहरी निरीक्षक(इनिस्पेक्टर) पठाएको हो ।
सई र असईले सेवा दिईरहेकोमा पहिलो पटक इलाका प्रहरी कार्यालय देवानगञ्जमा प्रहरी निरीक्षक(इनिस्पेक्टर) पठाएको प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । सीमावर्ती क्षेत्रमा प्रहरी निरीक्षक(इनिस्पेक्टर) पठाएकाले बर्जु, देवानगञ्ज सहित हरिनगर क्षेत्रका शान्ती सुरक्षा सहित उजुरी र गुनासो उतै सम्बोधन हुने र जाहेरी जाने खालका घटनाहरुको जिल्लासम्म पढाउन सहज हुने अपेक्षा गरिएको छ ।
यसैबीच ईप्रका देवानगन्ज नयाँ भवनमा स्थानान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतको ईलाका प्रहरी कार्यालय देवानगञ्जको नव निर्मित भवनमा सरेको छ । १ नं प्रदेश सरकारको वजेटबाट निर्माण भएको र कार्यालयको कार्यालय प्रमुखमा प्रहरी निरीक्षक वद्री दाहाललाई काजमा खटाईको जनाएको छ । जिल्लाको दक्षिणी भुभागमा सिनियर प्रहरी अधिकृत प्रमुख भएको यो नै पहिलो युनिट हो ।
प्रहरी निरीक्षक कार्यालय प्रमुख खटाईएवाट उक्त क्षेत्रको शान्ति सुरक्षाको अवस्था थप मजवुद हुनेछ भने सर्वसाधरणले पाउने प्रहरी सेवामा समेत थप सहजता आउनेछ भन्ने विश्वास लिईएको कार्कीको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया