भारतमा आज थपिए ४१ हजार ९ सय ६५ जना कोरोना संक्रमित – Nagarikabhiyan : National News

भारतमा आज थपिए ४१ हजार ९ सय ६५ जना कोरोना संक्रमित

एजेन्सी । भारतमा कोरोना भाइरसबाट आज थप ४१ हजार ९ सय ६५ जना संक्रमित भएका छन् ।

सोही अवधिमा ४ सय ६० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । कोरोना भाइरसबाट संक्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३९ हजार २० जनाको मृत्यु भएको पनि मन्त्रालय जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका संक्रमितमध्ये केरलामा मात्रै ३० हजार २ सय ३ जना संक्रमित भएका अधिकारीले जनाएका छन् । सोही अवधिमा केरलामा १ सय १५ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कूल तीन करोड १९ लाख ९३ हजार ६ सय ४४ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । तीमध्ये ३३ हजार ९ सय ६४ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका हुन् । भारतमा कोरोना संक्रमितको कूल संक्रको ९७।५१ प्रतिशत कोरोना संक्रमणबाट निको भएका छन् ।

भारतमा अहिलेसम्म कूल संक्रमित तीन करोड २७ लाख ६८ हजार ८ सय ८० जना पुगेका मन्त्रालयले बुधबार जनाएको छ । कूल संक्रमितमध्ये तीन लाख ७८ हजार १ सय ८१ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । यो संख्या कूल संक्रमितमध्येको १।१५ प्रतिशत हो ।

भारतमाा कोरोना भाइरस सुरु भएदेखि हालसम्म ५२ करोड ३१ लाख ८४ हजार २ सय ९३ व्यक्तिलाई कोरोना भाइरसको परिक्षण गरिएको छ । मङ्गलबार एकै दिनमा १६ लाख छ हजार ७ सय ८५ जना कोरोना परिक्षण भएको समाचारमा जनाइएको छ ।

यहाँ गएको जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु गरिएको थियो । सो समयदेखि हालसम्म ६४ करोड ४१ लाख डोज कोरोनाविरुद्धको खोप लगाइएको समाचारमा जनाइएको छ । गत अगस्तभर मात्र १८ करोड तीन लाख डोज कोरोनाविरुद्ध खोप लगाइएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।