देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण निर्णय गर्ने – Nagarikabhiyan : National News

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण निर्णय गर्ने

काठमाडौं । सरकार गठन भएको ५० दिन पुग्न लाग्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले बुधबार अपराह्न ४ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको हो । बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने जानकारी दिइएको छ ।

नियमित एजेन्डा भनीपनि आजको मन्त्रिपरिषद्को बैठकले महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका राजदूतहरू फिर्ता बोलाउने चर्चा चलिरहेका बेला देउवाले बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ ।

मन्त्रिपरिषद विस्तारको निम्ती गठबन्धनले छलफल बोलाइरहेको अवस्थामा देउवाले बैठक बोलाएका हुन् ।

अहिले नेपाली कांग्रेसका एक राज्यमन्त्रीसहति तीन र माओवादी केन्द्रका दुई जना मन्त्री छन् । बाँकीलाई भदौ २२ गतेपछि मात्रै नियुक्त गरिने बताइएको छ ।