हरिनगर बाट एक बेवारिसे महिलाको उद्धार
१० भाद्र २०७८, बिहीबार ११:५७
इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका मा द्रुत प्रतिकार्य केन्द्र (QRC) हरिनगर समुहले बेवारिसे अवस्थामा रहेको बृद्ध महिलाको उद्धार गरिएको छ।
गाउँपालिका अन्तर्गत रहेको हरिनगरा बजारमा बुधबार बेलुकी ७ बजेको समयमा बेबारिसे अवस्थामा फेला पारेको महिलाको QRC हरिनगर समुहले उद्धार गरिएको हो।
हरिनगर बजारमा बेवारिसे अवस्थामा वृद्ध फेला परेपछि उक्त महिलालाई बुधबार साँझको समयमा द्रुत प्रतिकार्य केन्द्र (QRC) हरिनगरका समूहले वृद्धा को उद्धार गरि माया घर इटहरी को जिम्मा लागाइएको QRC हरिनगर समुहका संयोजक ब्रहमदेव मेहताले जानकारी दिए ।
मेहताका अनुसार वृद्धाको उद्घार कार्यमा समुहका हरिओम जयसवाल, चन्दन मेहता, अरबिन्द मेहता र पुष्पा भगतको विशेष पहलका साथै हरिनगरा बजारका स्थानीय सहयोगि युवाहरु सुभाष देव , मनोज साह, दिपक साह, राजेश मालु, धिरज भगत, रितेश देव, हरिशकर मालाकार लगायत अन्य सहयोगी हातहरुको सहयोग र इलाका प्रहरी कार्यालयको सहयोगमा उक्त वृद्ध महिलालाई माया घर इटहरी को जिम्मा लगाएका छन ।
भने QRC हरिनगर समुहले निरन्तर रुपमा समाजसेवाका कामहरू गर्दै आई रहेको संयोजनक मेहताले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया