इनरुवा र इटहरीमा विरोध र्याली – Nagarikabhiyan : National News

इनरुवा र इटहरीमा विरोध र्याली

सुनसरी सदरमुकाम इनरुवामा राष्ट्रिय यूवा सँघ नेपाल इनरुवा नगर कमिटीले विरोध कार्यक्रम गरेको छ । विरोध र्याली इनरुवा स्थित नेकपा एमाले जिल्ला पार्टी कार्यालयबाट सुरु गरी बजारमा पर्दशन गरेको हो । संघका युवाहरुले प्रहरी दमन तथा अध्यादेशको बिरोधको चर्का नाराबाजी गरेका छन् । कार्यक्रममा नगर अध्यक्ष प्रताप भट्टराईले राष्ट्रीयघाती र गैरकानुनी प्रमादेश बिरुद्दमा सहभागी भएकाहरुलाई धन्यवाद दिएका छन् । उता राष्ट्रीय युवा संघ नेपाल इटहरी उपमहानगरपालिका र अनेरास्ववियु जिल्ला कमिटिले सयुक्त रुपमा इटहरीमा बिरोध कार्यक्रम सम्पन्न गरेका छन् । इनरुवा र इटहरीमा युवाहरुले अफगानिस्तानमा नेपाली रोई, देउवा सरकारको चासो खोई, विभाजन अध्यादेश किन ल्याईस ?, नालायक सरकार पुष्टि भइस् , जनघाती अध्यादेश खारेज गर । खारेज गर, खारेज गर ।। जयसिंह धामीलाई न्याय दे ।, न्याय दे, न्याय दे ।। सुकुम्बासी रोएको छ ।,देउवा सरकार कहाँ छ ?, मापसे सरकार मुर्दावाद ! , मुर्दावाद, मुर्दावाद !! परमादेश सरकार मुर्दावाद !, मुर्दावाद, मुर्दावाद !!, अपवित्र गठबन्धनको पाराले ।,दुःख पाए साराले ।। , नेपाली युवा के भन्छ ? अध्यादेश फिर्ता ले भन्छ ।, देउवा सरकारको चरित्र !, अफगानिस्तानमा नेपाली अलपत्र !! राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद । सहितको नारा लगाएका थिए । इनरुवाको विरोध रयाली पछी आयोजीत सभामा युवा संघका केन्द्रिय सचिव देवनन्द मेहताले देशलाई अन्यारो युगमा प्रवेश गराउने सरकारको चर्काे विरोध गर्नुभएको छ । मेहताले देउवा सरकारको एक पछि अर्को गैरसंवैधानिक कदमले नागरीकहरुमा निरासा बढेको बताउनुभयो । सयौंको संख्यामा विरोध रयाली गरिएको युवा संघका रमेश कुमार यादवले बताउनुभयो ।