कतार च्यारेटीद्धारा प्रशासन कार्यालयमा सार्वजनिक सौचालय – Nagarikabhiyan : National News

कतार च्यारेटीद्धारा प्रशासन कार्यालयमा सार्वजनिक सौचालय

कतार च्यारेटीको सहयोग र हिदायत एजुकेश्नल एण्ड वेलफेयर टष्ट नेपालको आयोजनामा जिल्ला प्रशासन कार्यालय सुनसरीमा निर्माण सम्पन्न भएको सार्वजनिक सौचालय हस्तान्तरण गरिएको छ । कतार च्यारेटी सहयोगमा सेवाग्राहीले प्रयोग गर्न मिल्ने गरी निर्माण गरिएको सौचालय शुक्रबार हस्तान्तरण गरेको हो । हिदायत एजुकेश्नल एण्ड वेलफेयर टष्ट नेपालका अध्यक्ष मोलाना हारुन खाँले सौचालयको साचो जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई हस्तान्तरण गर्नुभएको हो । औपचारीक रुपमा सौचालय शुक्रबारबाट चासो दिएसगैं हस्तान्तरण भएको संस्थाका हजरत हुसेनले जानकारी दिनुभयो ।
संस्थाले गरिब, बिपन्न वर्ग सहित विद्यालय र स्वास्थ्य संस्थामा खानेपानी र सरसफाईको क्षेत्रमा सहयोग गर्दै आएको छ । सोही क्रममा प्रशासनमा पनि सौचालय कुल ६ लाख ११ हजार लागतमा निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको हो ।