अध्यादेशविरुद्ध सडक आंदोलनमा उत्रियो यूवा संघ
१ भाद्र २०७८, मंगलवार १४:१०
काठमाडौं । नेकपा एमालेले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएमा त्यसको सशक्त प्रतिकार र खबरदारी गर्ने निर्णय गरेको छ ।आज मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले सरकारले एमाले फुटाउने नियतले अध्यादेश ल्याएको भन्दै त्यसमा गम्भीर आपत्ति रहेको र अध्यादेशको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो । दल फुटाउने अध्यादेश ल्याउने तयारी गर्नु लोकतान्त्रिक विधि विपरीतको काम भएको एमालेको ठहर छ । यसैवीच बर्तमान सरकारले दल बिभाजन सम्बन्धि जारी अध्यादेशको विरुद्ध आज ५ बजे नयाँ बानेश्वरमा राष्ट्रिय युवा संघले बिरोध प्रर्दशन गर्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया