प्रतिबन्धित भारतीय नोटसहित रौतहटमा एक पक्राउ – Nagarikabhiyan : National News

प्रतिबन्धित भारतीय नोटसहित रौतहटमा एक पक्राउ

काठमाडौं । रौतहटमा प्रतिबन्धित भारतीय नोटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार दरभंगा कम्तौल बस्ने ४० वर्षीय सन्जित साह छन् ।

गौर नगरपालिका–५ मेनचौकबाट पक्राउ परेका उनको साथबाट प्रतिबन्धित २ हजार दरका ६९ थान गरी जम्मा १ लाख ३८ हजार भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त प्रतिबन्धित भारतीय नोटसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।