अमेरिकामा कोरोना संक्रमित बालबालिकाको संख्या अत्यधिक बढ्यो – Nagarikabhiyan : National News

अमेरिकामा कोरोना संक्रमित बालबालिकाको संख्या अत्यधिक बढ्यो

काठमाडौँ । अमेरिकामा कोरोना संक्रमण भई अस्पताल भर्ना हुने बालबालिकाको संख्या ह्वात्तै बढेको छ । समाचार संस्था रोयटर्सका अनुसार कोरोना भाइरस सक्रमण भएर अस्पताल भर्ना हुनेमा १२ वर्ष मुनिका बालबालिका रहेका छन् । अमेरिकाभरी अहिले झन्डै २ हजार बालबालिका कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका छन् ।

बालबालिकाका लागि खोप नभएको र निकै संक्रामक डेल्टा भेरियन्टको संक्रमणको कारण अस्पताल भर्ना हुने बालबालिकाको संख्या ह्वात्तै बढेको पाइएको हो । बालबालिकासँगै संक्रमित भएर अस्पताल भर्ना हुने युवाहरूको संख्या पनि अमेरिकामा बढेको छ ।