इनरुवा नगरपालिका १० नम्बर वडा जल्पापुरमा माओवादी केन्द्र वार्ड भेला – Nagarikabhiyan : National News

इनरुवा नगरपालिका १० नम्बर वडा जल्पापुरमा माओवादी केन्द्र वार्ड भेला

सुनसरीमा नेकपा माओवादी केन्द्रले गाउँ तथा वडा भेला सुरु गरेको छ । सुनसरीको विभिन्न पालिकामा र वडाहरुमा नेकपा माओवादी केन्द्रले भेला सहित संगठन विस्तार र पुनरगठन थालेको हो । सोही क्रममा सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका १० नम्बर वडा जल्पापुरमा वार्ड भेला बाट नयाँ नेतृत्व चयन गरिएको छ । पार्टीका जिल्ला अध्यक्ष योगेन्द्र प्रसाद मण्डल( पप्पु) को प्रमुख अथितिमा इनरुवा नगर कार्यबाहक अध्यक्ष तोया गिरि पोद्दार र नेता रमेश भट्टराईको उपस्थितिमा इनरुवा १० नम्बर वार्डको जल्पापुर भेलाबाट पार्टी वार्ड कमिटि अध्यक्षमा अलाउदिन मियाँ र सचिवमा फारुक आलम सहित २९ सदस्य समिति चयन गरिएको छ । भेला पुनर्गठन गरिएको गिरीले बताउनुभयो ।