कोरिया जाने नेपालीलाई जोन्सन एण्ड जोन्सनको खोप
२९ श्रावण २०७८, शुक्रबार १४:१९
काठमाडौं । सरकारले दक्षिण कोरिया जाने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै वैदेशिक रोजगारी वा अन्य कामकाे सिलसिलामा दक्षिण कोरिया जाने नेपालीलाई कोरोना खाेप लगाउने जनाएको छ।
नेपाल प्रहरी अस्पताल र सैनिक अस्पताल छाउनीमा जोन्सन एन्ड जोन्सन खोप लगाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया