एसएलसी फेल शिक्षकको तलब अब २८ हजार – Nagarikabhiyan : National News

एसएलसी फेल शिक्षकको तलब अब २८ हजार

काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको नयाँ तलबमान लागु भएको जनाएको छ। नयाँ तलबमान साउन १ गतेदेखि लागु हुने अर्थ मन्त्रालयले जनाएको छ।

नयाँ तलबमान अनुसार माध्यमिक तहको प्रथम श्रेणीका शिक्षकले महिनाको ५९ हजार २५६ रुपैयाँ पाउनेछन्। यस्तै दोस्रो श्रेणीका शिक्षकले ५३ हजार ६८४ रुपैयाँ र तेस्रो श्रेणीका शिक्षकले ४८ हजार १२३ रुपैयाँ पाउने छन्।

निम्न माध्यमिक तहका प्रथम श्रेणीका शिक्षकले ५० हजार ५२०, दोस्रो श्रेणीकाले ४८ हजार १२६ र तेस्रो श्रेणीकाले ३८ हजार २५६ रुपैयाँ मासिक तलब पाउने छन्।

यस्तै प्राथमिक तहमा पढाउने एस.एल.सी. प्रथम श्रेणीमा उत्तीर्ण शिक्षकले मासिक ४८ हजार १२६ रुपैयाँ तलब पाउनेछन्। नयाँ तलबमान अनुसार द्वितीय श्रेणीमा उत्तीर्णले ३८ हजार २५६ रुपैयाँ र तृतीय श्रेणीमा उत्तीर्ण शिक्षकले ३४ हजार ३३४ रुपैयाँ तलब पाउने छन्।

यस्तै एस.एल.सी.मा दुई विषयसम्म अनुत्तीर्ण शिक्षकले २८ हजार ८१६ र दुई विषयभन्दा बढी अनुत्तीर्ण शिक्षकले २७ हजार २१६ रुपैयाँ तलब पाउने छन्।