चट्याङ लागेर गुल्मीमा दुईको मृत्यु
२८ श्रावण २०७८, बिहीबार ११:१५
गुल्मी । चट्याङबाट गुल्मीमा दुई जनाको मृत्यु भएको छ । इस्मा गाउँपालिका–४ का ११ वर्षीय राहुल गन्धर्व र मालिका गाउँपालिका–२ का २८ वर्षीय कमला प्रतेलको चट्याङ लागेर मृत्यु भएको गुल्मी प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।
चट्याङमा परी मृतक गन्धर्वका ४२ वर्षीय बुवा राम बहादुर गन्धर्व सहित पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।घाईतेहरुको लुम्विनी मेडिकल कलेजमा उपचार भैरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया