पूर्ण अशक्त एक किशोरलाई घरमै नागरिता प्रदान – Nagarikabhiyan : National News

पूर्ण अशक्त एक किशोरलाई घरमै नागरिता प्रदान

राजविराज । सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले शारीरिक रूपमा पूर्ण अशक्त रहेका १९ वर्षीय एक किशोरलाई घरमै पुगेर आज नागरिकता प्रदान गरेका छन ।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने शैलेन्द्र मंडलका १९ बर्षिय छोरा प्रल्हाद मण्डललाई प्रजिअ आचार्यले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन ।

उमेर पुगेपछि राज्यको सेवासुविधाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले कर्मचारीसहितको टोली नै उनको घर पुगेका थिए । प्रमुख प्रशासकीय अधिकृत किशोर रामको सिफारीस हस्ताक्षर रहेको नागरिताको प्रमाण पत्र उनको घर पुगेर सहिछाप गराई नागरिकता दिइएको प्रशासन कार्यालयले जनाएको छ । तिन ÷चार दिन अगाडी जिल्ला प्रशासन कार्यालयमा उनको नागरिकता सम्बन्धि कागजात प्रक्रिया मिलाईएको थियो ।

शारीरिक रूपमा पूर्ण अशक्त र हिंड्न गर्न समेत नसक्ने व्यक्ति भएको जानकारी पाएपछि घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रजिअ अचार्यको भनाइ छ । शारीरिक रूपमा पूर्ण अशक्त रहेका आफनो छोराले नागरिकता पाएपछि उनको बुवा शेलेन्द्र कुमार मंडल खुशी भएका छन । उनले सप्तरीका प्रजिअसहित प्रशासन कार्यालयका टोलीलाई धन्यवाद समेत ब्यक्त गरेका छन ।