नेपाली सेनाको गाडीको ठक्करबाट एक जनाको मृत्यु – Nagarikabhiyan : National News

नेपाली सेनाको गाडीको ठक्करबाट एक जनाको मृत्यु

राजविराज । पुर्व–पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको भारदहस्थित कंकालनी मंदिर नजिकमा आज नेपाली सेनाको गाडीले पिकप भ्यानलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पिकप भ्यान चालक झापा जिल्लाको दमक नगरपालिका वडा नम्बर नखुलेको ४२ बर्षीय मेघराज शर्मा रहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । सो ठक्करबाट पिकअप चालक शर्माको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य २ जना घाइते भएका छन । घाइतेहरुको स्थानिय भारदह अस्पतालमा उपचारको लागि भर्ना गरिएको प्रहरीले जनाएको छ । पुर्व बाट पश्चिम तर्फ आउदै गरेको १८ नं. बाहिनि गाईघाट उदयपुरको प्रदेश नं. ३–०१–००१ ग ३७२५ नं. आर्मिको वन्टेन गाडी र विपरित दिशा बाट जादै गरेको मे १ च ६९२५ नं. को पिक अप गाडी एक–आपसमा ठक्कर दिएको थियो । यता वन्टन गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र घट्ना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।