विराटनगर नर्सिङ्ग क्याम्पसमा अब बि.एस.सी नर्सिङ विषय पनि पढाई हुने – Nagarikabhiyan : National News

विराटनगर नर्सिङ्ग क्याम्पसमा अब बि.एस.सी नर्सिङ विषय पनि पढाई हुने

विराटनगर । विराटनगर नर्सिङ्ग क्याम्पसमा अब बि.एस.सी नर्सिङ विषय पनि पढाई हुने भएको छ । त्रिभुवन विश्व विद्यालय चिकित्शासास्त्र अध्ययन संस्थान अन्तरर्गतको विराटनगर नर्सिङ्ग क्याम्पस विराटनगरले यस अघि पिसिएल नर्सिङ र विएनएस विषयको मात्र अध्यापन गराउदै आएकोमा शैक्षिक सत्र २०७६-०७७ देखि चिकित्शा शिक्षा आयोगले पिसिएल फेजआउट गरेपछी शैक्षिक सत्र २०७७÷०७८ देखि बिएससी नर्सिङ पनि पढाई संचालन हुने भएको हो ।

त्रिभुवन विश्वविद्यालयको प्रदेश नम्बर १ मा रहेको त्रिभुवन विश्वविद्यालय चिकित्शासास्त्र अध्ययन संस्थानको एक मात्र आंगिक क्याम्पस विराटनगर नर्सिङ्ग क्याम्पसमा विगतदेखि हाल सम्म स्नातक तह ब्याचुलर नर्सिङ साईन्स (बिएनएस) मा २५ जना विद्यार्थी भर्ना भई नियमित रुपमा अध्ययन अध्यापन भईरहेको छ ।

चिकित्शा शिक्षा आयोग कार्यकारी समितिको मिति २०७८ साउन १७ गतेको निर्णय अनुसार शैक्षिक सत्र २०७७÷०७८ मा अध्ययन अध्यापन गराउनको लागि बि.एस.सी नर्सिङ तर्फ ४० जना र बि.एन एस तर्फ २५ जना विद्यार्थीहरुका लागि सिट निर्धारण गरेको क्याम्पस प्रमुख श्री मेनुका भण्डारीले जानकारी गराउनु भयो।

उनका अनुसार बिएससी नर्सिङमा ४० र बि.एन. एस.मा २५ गरी ६५ सिट निर्धारण गरेकोले यस प्रदेश लगायत मुलुक भरिका विद्यार्थीहरुले अब सस्तो तथा सहज रूपमा शिक्षा पाउने भएका छन् । त्रि.वि.को यस क्षेत्रको एकमात्र आंगिक नर्सिङ्ग क्याम्पसमा थप कार्यक्रम स्वीकृत भएपश्चात यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा अझ टेवा पुग्ने क्याम्पस प्रमुख भण्डारीको विश्वास रहेको छ ।