नेकपा माओवादी केन्द्रका सुनसरी अध्यक्ष मण्डल र अर्थमन्त्री भेटवार्ता – Nagarikabhiyan : National News

नेकपा माओवादी केन्द्रका सुनसरी अध्यक्ष मण्डल र अर्थमन्त्री भेटवार्ता

नेकपा माओवादी केन्द्रका सुनसरी अध्यक्ष योगेन्द्र मण्डल (पप्प)ले नव नियुक्त अर्थमन्त्री जनारदन शर्मासंग भेटवार्ता गर्नुभएको छ । मन्त्रीसंग भेटघाट गर्दै अध्यक्ष मण्डलले जिल्लाको अवस्था र यहाँ गर्नुपर्ने काम तथा प्राथमिक्ताका बारेमा छलफल गर्नुभएको छ । अध्यक्ष मण्डलले आइतवारको दिन नेपाल कम्युनिस्ट पार्टी(माओवादीकेन्द्र)स्थायी कमिटी सदस्य समेत रहनुभएका नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मासंग भेटघाट गर्नुभएको हो ।
यसैबीच मण्डलले आफ्नो फेसबुकमा प्रचण्डमुक्त देश मातृकामुक्त मधेस बनाउन हिडेका प्रतिगमनकारी, तानाशाही, सर्बसत्ताबादीहरुले अहिले मातृका यादवका बिरूद्ध अनावश्यक टिका टिप्पणी गर्न लगाइरहेका छन तर यसले केहि फरक पर्दैन भनी दावी गर्नुभएको छ । मण्डलले १)काठमाडौंका भितामा“गर्व से कहु मधेसी छी, विदेशी भगौडा नै धर्ति पुत्र छी“नारा लेखन लगाउने ब्यक्ति हुन् मातृका, २) पहिलो संबिधान सभा अघि पुस्तौं देखि नागरिकताबाट वन्चित मधेशीहरुलाई नागरिकता दिलाउन पहल गर्ने ब्यक्ति हुन मातृका,
घ) मधेस मुद्दालाइ सयुंक्त राष्ट्र संघ मार्फत अन्तराष्ट्रियकरण गरेर मधेस शब्द सयुंक्त राष्ट्र संघमा राख्न लगाउने पहिलो ब्यक्ति हुन् मातृका, ४) नेपाल को इतिहासमा पहिलो पटक मन्त्री पदको सपथ लिदा मात्रि भाषामा (मैथिली) मा सपथ लिने ब्यक्ति हुन् मात्रिका,
५) मन्त्री हुँदा रक्त चन्दनको तस्करी रोकेर असाय सुकुम्बासीका पछमा अडान लिने
पहिलो ब्यक्ति हुन् मातृका । जो कोही मातृका बने आँट नगर्दा पनि हुन्छ र कुरा रहियों मातृकामुक्त मधेस बनाउने त्यो त सपनामा नदेखदा पनि हुन्छ । भनेर लेख्नुभएको छ ।