नेकपा एमालेको स्थायी कमिटि बैठक शुरू
२५ श्रावण २०७८, सोमबार १३:३७
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटि बैठक शुरू भएको छ । पार्टीको विधान महाधिवेशनको तयारीमा जुटेको एमालेले विधान मस्यौदाको विषयमा छलफल गर्न बैठक बोलाएको हो ।
तुलसीलाल स्मृति भवनमा बैठक शुरू भएको हो ।
बैठकले अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव र संगठन विभाग प्रमखु विष्णु पौडेलले विधान संशोधन प्रस्तावलाई एकरुपता दिने छ ।
यसअघि बैठक आइतवार बोलाइएको थियो । तर शनिवार उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारी सहित अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेपछि आइतवारको बैठक एक दिन पर सार्दै सोमबारको लागि बोलाइएको थियो ।
माधव कुमार नेपाल पक्षले बैठक र महाधिवेशन प्रक्रिया रोक्न माग गरेको छ । तर संस्थापन पक्षले भने कसैको आग्रहमा पार्टीका कामहरु रोकिन नसक्ने जवाफ दिएको छ ।
दुबैतर्फका नेताहरूले आन्तरिक एकताको पहल भइरहेको बताए पनि ठोस सहमति भएका छैनन्।
अहिले स्थायी कमिटि बैठक बस्ने र दिउँसो तीन बजे फेरी केन्द्रीय समिति बैठक बस्ने तयारी छ । बैठकमा माधव कुमार नेपाल पक्ष भने सहभागि छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया