विपत न्युनिकरण र हिसाँ नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक
२४ श्रावण २०७८, आईतवार १७:५१
सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न भएको एक कार्यक्रमका सरोकारबालाहरुले विपत नयूनिकरण र हिसाँ नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका छन् । महिला पुनरस्थापना केन्द्र (ओरेक)ले आयोजना गरेको विपत तथा बाढीको अवस्थामा हुनसक्ने लैगिंक हिसाँ विरुद्ध क्षमता अभिवृद्धि तथा अग्रपंक्तिमा रही काम काम गर्ने सेवा प्रदायकहरुको लागि आधारभुत्त मानविय सिद्धान्त र सुरक्षित सम्प्रेसण कार्यक्रममा सरोकारबालाहरुले विपत नयूनिकरण र हिसाँ नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका हुन् ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बाढी, भूकम्प, पहिरो तथा आगलागीकै घटनाबाट सृजना भएको वा हुने विपत र त्यसपछि हुने लैगिंक हिसाँ नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । वहाँले आफू २८ वर्षदेखीको अनुभव सुनाउनुहुदै समस्या पहिचान गरी समाधानमा जोड दिनुभयो । अझैपनि केही ऐन र कानुनहरु सिकाईका आधारमा बताउनुपर्ने र केहीलाई परिमार्जन गरेर हिसाँ अन्यको अभियान आवश्यक रहेको बताउनुभयो ।
सुनसरीमा बाढीको जोखिम रहेको क्षेत्रबाट बस्ती नै सारेर दिगो विकास गर्ने योजना ल्याएको खण्डमा त्यसबाट सृजना हुने घटना सहित विपत नयूनिकरण र हिसाँ नियन्त्रणमा पनि टेवा पुग्ने बताउनुभयो । यसका सबै सरोकारबालाहरुको सामूहिक प्रयास भने अति आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा अधिकारकर्मी मेघराज न्यौपानेले राजनीतिक संरक्षण नहुने हो भने महिला हिंसा न्युनीकरण भएर जाने बताउनुभयो । लैगिंकतामा आधारित हिंसा विरुद्धको सामूहिक प्रयास जरुरी रहेको न्यौपानेले बताउनुभयो ।
कार्यक्रममा बोल्दै मानवअधिकारकर्मी अधिवत्ता शालीग्राम पाण्डेले राजनीतिक प्रसयका कारण पीडितले न्याय नपाएको गुनासो गर्नुभयो् । यस्तै कार्यक्रममा बोल्दै बराहक्षेत्र नगरपालिकाका उपप्रमुख कमला मगरले महिला हिंसा गर्नेलाई सामाजिक बहिस्कार गर्नुपर्ने र कानुनी कार्वाही गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै ओरेककी शान्ती दनुवारले पितृसतात्मक सोचाइका कारण महिलाहरुलाई अहिले पनि विभेद गरेको पाइएको बताउनुभयो । उहाँले कानुनी अड्चन फुकाएर महिलामाथि हुने विभेद र हिंसालाई अन्त्य गर्न लागि जुट्नुपर्ने बताउनुभयो ।
अधिकारकर्मी पुरुषोत्म घिमिरेले दिनप्रतिदिन बढ्दै गएको विपति र त्यसमा हुने महिला हिंसालाई न्युनीकरण गर्न परिवार, समाज सबै सचेत भएर अगाडि बढ्नु पर्ने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै सुनसरीका प्रहरी उपरीक्षक संजय सिंह थापाले हिंसाको स्वरुप परिवर्तन भएको भन्दै हिंसामुक्त गाउँ, टोल, नगर र प्रदेश बनाउन सबै राजनीतिक दल, संघसंस्था, व्यक्ति एकजुट भएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादवले लैगिंक हिसाँका कारक तत्व पत्ता लगाएर सघन अभियान चलाई नियन्त्रणको प्रयास गनर्’पर्ने बताउन’भयो ।
२, सुनसरीको इनरुवामा आयोजना गरिएको लैगिंक हिसाँ विरुद्धको कार्यक्रममा सहभागीहरु।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया