संयन्त्र बनाउने प्रस्तावमा एमालेको आपत्ति – Nagarikabhiyan : National News

संयन्त्र बनाउने प्रस्तावमा एमालेको आपत्ति

काठमाडौं । सत्तारुढ गठबन्धनले सरकार सञ्चालनको लागि उच्चस्तरीय संयन्त्र बनाउने प्रस्ताव गरेपछि नेकपा एमालेले विरोध गरेको छ।

राष्ट्रियसभाको आइतवारको बैठकमा बोल्दै एमाले सांसद डा. विमला राई पौड्यालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजनीतिक संयन्त्रको बन्धक नबन्न आग्रह गरेकी छन् ।

प्रधानमन्त्रीले स्वतन्त्र रुपमा काम गर्न पाउनुपर्ने भन्दै उनले भनिन्, ‘केही दिनदेखि एउटा हल्ला चलेको छ, त्यो हल्लामा कति सत्यता छ थाहा छैन, तर, हल्ला के छ भने गठबन्धनले फर्मल रूपमा संघमा, प्रदेशमा र स्थानीय तहमा राजनीतिक संयन्त्र बनाउँदै छ । समानान्तररूपमा चलाउने संयन्त्र बनाउँदै छ र यसले प्रधानमन्त्रीलाई निर्देशित गर्छ ।’

उनले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारमा पनि यस संयन्त्रको प्रस्ताव गरिएको तर अस्वीकार गरिएको बताउँदै अघि भनिन्, प्रधानमन्त्रीज्यूलाई म आग्रह गर्न चाहान्छु- हात खुट्टा बाँधिएर नबस्नुहोस् । प्रधानमन्त्रीलाई संसदले जे जिम्मेवारी दिएको त्यो गर्ने हो र जवाफदेहिता संसदप्रति हो गठबन्धनको कुनै नाममा बनेको संयन्त्रमा हुन सक्दैन । यो संयन्त्रलाई संविधानले चिन्दैन, संसदीय व्यवस्थाले चिन्दैन ।’

राजनीतिक संयन्त्रकै कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै पौड्यालले यो निर्लज्जता भएको टिप्पणी गर्दै भनिन्, ‘प्रधानमन्त्री छान्ने संसदले अनि हातखुट्टा बाँधेर सबै संयन्त्रले चलाउने सरकार ? खबरसेन्टर बाट