QRC हरिनगर द्वारा स्वास्थ्य शिविर सम्पन्न
२३ श्रावण २०७८, शनिबार २१:०४
देवानगंज । द्रुत प्रतिकार्य केन्द्र हरिनगर शाखा को आयोजना मा हरिनगर गाउँपालिका वाडा नं ४ श्री हरिनगरा उच्च मा. वि. को प्राङ्गणमा विशेषज्ञ डाक्टरहरू बाट नि:शुल्क स्वास्थ्य जाँच का साथै निःशुल्क औषधि वितरण सहितको शिविर सम्पन्न भएको छ।
द्रुत प्रतिकार्य केन्द्र हरिनगर शाखाका नेटवर्किङ कोडिनेटर हरिओम जयसवालका अनुसार शनिबार विहान ८ बजेदेखि अपरान्ह ३ बजेसम्म सञ्चालित उक्त स्वास्थ्य शिविरबाट १४२ जना भन्दा बढी सर्वसाधारणको स्वास्थ्य परीक्षणका साथै औषधी वितरण गरिएको थियो।
उक्त शिविरमा कोशी अञ्चल अस्पताल बिराटनगर का स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. अशोक मेहता, हिमाल आँखा अस्पताल प्रा. लि. का दृष्टि विशेषज्ञ डा. जितनारायण यादव, कोशी अञ्चल अस्पताल बिराटनगर का छाला तथा यौन रोग विशेषज्ञ डा. आलोक गोइत, कोशी अञ्चल अस्पताल बिराटनगर कै वरिष्ठ जनरल एच ल्याप्रोस्कोपीक सर्जन डा. सफिउर रहमान, पपुलर क्लिनिक बिराटनगर का जनरल फिजिसियन डा. एस. के. यादव, मेडिकल अधिकृत, मादिनगर अस्पताल का जनरल फिजिसियन डा. नौमान अंसारी, नन्द पोलिक्लिनिक हरिनगर का जनरल फिजिसियन डा. शिवकुमार शाह, बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल का डा. रिजवान अंसारी लगायतका डाक्टरहरू द्वारा बिरामी को स्वास्थ्य परीक्षण गरिएको हो।
शिविर मा आँखा को अप्रेशन गराउनु पर्ने बिरामीहरू लाई बिराटनगर को हिमाल आँखा अस्पताल प्रा. लि. मा रेफर गरिएको छ। उक्त बिरामी ले अप्रेशन शुल्क मा २० प्रतिशत छुट पाउने छ ।
शिविर मा निमन्त्रणा स्विकार गरि आउनु भएका डाक्टर, मेडिकल पर्सन, बुद्धिजीवी, समाजसेवि, सुरक्षा कर्मी लाई संस्था को तर्फबाट सम्मान समेत गरिएको छ।
द्रुत प्रतिकार्य केन्द्र हरिनगर शाखा (Quick Response Center Harinagar) ले यस अघि पनि खुल्ला रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, सडक आश्रित वृद्धा को उद्धार जस्ता समाज को हित हुने खालका कार्यक्रमहरु गर्दै आइरहे छ र आगामी दिनमा पनि हामीले हातेमालो गरि यसरी नै कार्य गरिरहने छौ द्रुत प्रतिकार्य केन्द्र हरिनगर शाखा को संयोजक ब्रम्हदेव मेहता ले जानकारी गराए

फेसबुकबाट तपाईको प्रतिक्रिया