तिन वटा स्वास्थ्य संसथामा बिभिन्न कार्यक्रम – Nagarikabhiyan : National News

तिन वटा स्वास्थ्य संसथामा बिभिन्न कार्यक्रम

राजविराज । हामी सबैको सााझा जिमेवारी स्तनपान संरक्षण हुन्छ प्रभावकारी मुलनाराका साथ बिश्व स्तनपान सप्ताहा २०२१ अन्र्तगत तिन वटा स्वास्थ्य संसथामा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीले बिश्व स्तनपान सप्ताहा अन्र्तगत जिल्लाको छिन्नमस्ता गाउँपालिकास्थित सखडामा आज २५ जना आमा समूह र महिला स्वयमसेवीकाहरुलाई सहभागि गरि स्तनपानको बारेमा तालिम सम्पन्न गरिएको छ ।

शिशु जन्मेको एक घण्टामा दुध खुवाउ,शिशुलाई जन्मेदेखि ६ महिना सम्म आमाको दुध खुवाउ,शिशु ६ महिनापुरा भएपछि पोसिलो खानाको साथै कमतिमा दुई बर्ष उमेर सम्म आमाको दुध पनि खुवाउ सहितका कुराहरु तलिममा सहभागि आमा समूह महिला स्वयमसेवीकाहरुलाई सिकाइएको सेभ द सप्तरीका स्वास्थ्य अधिकृत बिदया मंडलले बताएका छन ।

यस्तै साउन १८ गते तिलाठी कोइलाडी गाउँपालिकाको तोपा प्राथमिक स्वास्थ्य केन्द्रमा २५ जना र साउन १७ गते राजविराज नगरपालिका १६ स्थित बोरिया स्वास्थ्य चौकीमा ३७ जना आमा समूह र महिला स्वयमसेवीकाहरुलाई सहभागि गराई समेत तालिम दिइएको छ ।

उक्त तालिमको बोरिया स्वास्थ्य चौकीका इन्चार्ज फुलबाबु गुप्ता,सखडा स्वास्थ्य चौकीका इन्चार्ज अजय मिश्र र तोपा प्रांथमिक स्वास्थ्य केन्द्रका डा. राहुल झा ,नरसिङ स्टाप संगिता कुमार यादव तथा सेभ द सप्तरीका स्वास्थ्य अधिकृत बिदया मंडल,सुपरभाइजर मनिता घिमेरे,रंजना गुप्ता सहितकाले प्रशिक्षण दिइएको थियो । कार्यक्रममा सेभ द सप्तरीका समुदायिक परिचालक रामु यादव,बिनिता यादव,चम्पालाल शर्मा र बद्री मंडलसहितको उपस्थित रहेको थियो ।