छिन्नमस्ता मंदिरको मुकुट चोरीको आरोपमा पक्राउ परेका मंडल सार्वजनिक – Nagarikabhiyan : National News

छिन्नमस्ता मंदिरको मुकुट चोरीको आरोपमा पक्राउ परेका मंडल सार्वजनिक

राजविराज । मुलुककै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिर भित्र रहेको चाँदीको मुकुट(मस्तक) चोरी गरेको आरोपमा पक्राउ परेका एक जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा छिन्नमस्ता भगवतीको चाँदीको मुकुट(मस्तक) चोरी गरेको आरोपमा पक्राउ परेका सप्तरीको विष्णु्पुर गाउँपालि वडा नम्वर ५ मझौउ बस्ने लक्ष्मण मण्डलको २३ बर्षिय छोरा राजेश कुमार मण्डललाई प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ परेका मण्डलको मानसिक अवस्था सुस्त रहेको अनुसन्धानको क्रममा देखिएको प्रहरीको भनाई छ । स्थानियबासीका अनुसार गाउँमा एक जनाले भगवतीको मुकुट लिएर हिडि रहेको भनि प्रहरीलाई खबर गरेका थिए । त्यस्पछि खबर पाए लगतै प्रहरी टोली पारिचाल गरि छिन्नमस्ता भगवतीको मुकुट सहित मंडललाई पक्राउ गरेको सप्तरी प्रहरीका प्रमुख उपरिक्षक राजेन्द्र प्रसाद धमलाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पक्राउ गरेका मंडलको साथबाट चाँदीको जस्तो देखिने धातुमा देवीको अनुहार अंकित मुकुट र मुकुटमा अंकित देवीको नाकमा सुनको जस्तो देखिने धातुको नथिया र निधारमा सुनकै जस्तो देखिने टिका समेत करिब ५०८ ग्राम तौल रहेको जनाइएको छ ।

यता मुकुट चोरी गर्ने राजेश मण्डललाई नियन्त्रण लिएर थप अनुसन्धान भई रहेको प्रहरी उपरिक्षक धमलाले बताउनुभयो । सप्तरी सदरमुकाम राजविराजदेखि करिब १३ किलो मिटर दक्षिण भारतीय सीमावर्ती क्षेत्रमा संग जोडिएको सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर ३ मा अवस्थित छिन्नमस्ता भगवती मंदिर भित्र रहेको चाँदीको मुकुट(मस्तक) आइतबार साँझ चोरी भएको थियो ।

साँझ मुकुट चोरी भएसँगै घटना लगतै सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा सप्तरी प्रहरीका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमला र सशस्त्र प्रहरीका प्रमुख लगायतका टोलीहरु परिचालन गरी मुकुट खोजनका लागि भारतीय सिमा नाका समेत सिल गरिएको थियो ।