आफूहरु जसपामै छौ ः मेहता र यादव – Nagarikabhiyan : National News

आफूहरु जसपामै छौ ः मेहता र यादव

सुनसरीको कोशी गाउँपालिकाका दुई वडा अध्यक्षले आफूहरु आफ्नै पार्टीमा रहेको विज्ञप्ती मार्फत जानकारी गराएका छन् । कोशी गापा ७ नम्बर वडा अध्यक्ष रामचन्द्र मेहतो कोईरी र र ८ नम्बर वडा अध्यक्ष विन्देश्वर प्रसाद यादवले पत्रकार, नागरिक समाज तथा जसपा नेपालका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै जारी गरेको विज्ञप्तीमा आफूहरु निर्वाचित भएको पार्टीमै रहेको जनाएको छ । संयुक्त प्रेस विज्ञप्ती जारी गरेका मेहता र यादवले आफूहरु सुनसरीको कोशी गाउँपालिका वडामा संघीय समाजवादी पार्टीको टिकटबाट उम्मेदबार भई निवार्चित वडा अध्यक्ष भएको र पार्टीको विधान, नीति , नियम र निर्देशनको पूर्ण पालना गर्दै कोशी गाउँपालिकाको समग्र विकास, सुशासन र समृद्धिको पक्षमा निरन्तर रुपमा काम गर्दै आएकोमा केही व्यक्तिहरुले आफूहरुलाई पार्टी परिवर्तनको निराधार हल्ला फैलाएकाले त्यसमा कुनै सत्यता नभएको जानकारी गराएको छ । यादव र मेहताले आफूहरु जुन पार्टीबाट निर्वाचनमा निर्वाचित भएका हौं सोही पार्टीमा निरन्तर रुपमा सकृय रहेको र अन्य कुनै पार्टीमा आफूहरुको आवद्धता नभएको , नरहेको व्यहोरा अनुरोध गरेको छ । साथै हाल परिवर्तित जनता समाजवादी पार्टी नेपालमा पूर्ण क्रियाशिल रहेको र पार्टीको निति, निर्देशन, विधानले दिएको जिम्मेबारी पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता समेत यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराउदछौं विज्ञप्तीमा भनिएको छ ।