पछिल्लो २४ घण्टामा देशभर ३१२५ जनामा कोरोना संक्रमण पुष्टि – Nagarikabhiyan : National News

पछिल्लो २४ घण्टामा देशभर ३१२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ ।  पछिल्लो २४ घण्टामा देशभर ३१२५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट  २२७९ जना र एन्टिजेन परीक्षणबाट ८४६ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा जम्मा १३ हजार ८११ नमुना परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण १० हजार ६१३ र एन्टिजेन परीक्षण ३  हजार १९८ भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १९२५ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट  २३ जनाको मृत्यु भएको छ ।

हालसम्म पिसिआर विधिबाट ६ लाख ९९ हजार ६४९ जना र एन्टिजेन ६२ हजार  ७८३ विधिबाट जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना मुक्त हुनेको संख्या ६ लाख  ५८ हजार १२२ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ८९८ पुगेको छ ।अहिले देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ पुगेको छ ।