पब्जी खेल र टिकटकमा प्रतिबन्ध लगाउनुपर्ने माग – Nagarikabhiyan : National News

पब्जी खेल र टिकटकमा प्रतिबन्ध लगाउनुपर्ने माग

सुनसरीका सरोकारबालाहरुले पब्जी खेल र टिकटकमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् । अपन स्वर्ग नेपाल कला सांस्कृतिक केन्द्रिय कार्यालय सुनसरी इनरुवाले बालबालिकाहरुमा असर परेको भन्दै पब्जी र टिकटक बन्द गर्नुपर्ने माग सहित प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकाललाई ज्ञापन पत्र बुझाएको छ । प्रशासन मार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरबारलाई ज्ञापन पत्र पठाएको संस्कृतिकका अध्यक्ष झोटन मेहताले जानकारी दिनुभयो । ज्ञापन पत्रमा भनिएको छ,समाजिक संजालमा देखिएका एप्स पब्जी, टिकटक सहित फेसबुकका नकारात्मक भिडियोहरुले बालबालिकाहरुको मनोविज्ञान समस्या र मानसिक रोग तथा विभिन्न समस्याको रुपमा देखिएकाले त्यसमा नियन्त्रण गर्न आवश्यक छ । यो दिन प्रतिदिन नकारात्मक प्रभाव पार्ने काम गरेकोले उक्त नकारात्मक एप्सहरु बन्द गर्नुपर्ने माग अघि सारेको छ । अपन स्वर्ग नेपाल कला सास्कृतिक केन्द्रिय अध्यक्ष झोटन मेहता, सचिव प्रकाश अनुराग स्थानीय नेता एस.एन.मेहता, जगदिश मेहता, लक्ष्मी मेहता सहितको उपस्थितीमा ज्ञापन पत्र बुझाएको र सकलै प्रधानमन्त्री कार्यालय पठाएको प्रजिअ ढकालले बताउनुभयो । पब्जी र फ्रीफायर लगायतका अनलाइन गेमहरू बन्द गर्नुपर्ने यसअघि सदनमा समेत प्रश्न र माग उठाइएको थियो । नेपालमा विशेषगरी पब्जी खेलमा प्रतिबन्ध लगाइनुपर्ने कुरा उठेको छ । अनलाइन खेलहरू बन्द नगरे अभिभावक न्याय खोज्दै अदालतका ढोकामा पुग्ने दिन आउनसक्ने मेहताको चेतावनी रहेको छ । केही अभिभावकहरूले यसले बालबालिकामा ’’नकारात्मक प्रभाव पारिरहेको’’ र दूरगामी मानसिक प्रभाव पार्न सक्ने बताउँदै प्रतिबन्धको विषय उठाउने गरेका छन् ।