ओलीको जुठोपूरो खाएर माओवादीमै छौं भन्ने एमालेका चार भाई रिटमाथि आज सुनुवाई – Nagarikabhiyan : National News

ओलीको जुठोपूरो खाएर माओवादीमै छौं भन्ने एमालेका चार भाई रिटमाथि आज सुनुवाई

काठमाडौं । नेकपा माओवादी केन्द्रले गरेको कारवाहीलाई चुनौती दिँदै चार पूर्व माओवादी नेताहरुले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ । उनीहरु सबै ओली सरकारमा मन्त्री थिए। अहिले नेकपा एमालेका नेता छन्।

उक्त रिट निवेदनमाथि यसअघि दुई पटक पेसी तोकिए पनि सुनुवाई हुन सकेको थिएन । पहिलोपटक पेसी तोकिएको दिन उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो भने दोस्रो पटकको पेसीमा रिट निवेदक पक्षकै कानुन व्यवसायीको आग्रहमा सुनुवाई स्थगित गरिएको थियो ।

माओवादी केन्द्रले आफुहरुको सांसद पदसमेत नरहने गरी पार्टीबाट गरेको कारवाहीलाई चुनौती दिँदै पूर्व माओवादीका चार नेताले सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि उनीहरू एमालेमा लागेका थिए । त्यसपछि माओवादी केन्द्रले उनीहरूलाई सांसद पदबाट हटाएको थियो ।